२७ पुस २०८२, आइतबार । January 11, 2026

एनपीएल अक्सनः दिलिप नाथलाई लुम्बिनी लायन्सले १० लाखमा किन्यो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शनिबार राजधानीमा सम्पन्न मिनी अक्सनमा सुदूरपश्चिमका विकेटकिपर–व्याट्सम्यान दिलिप नाथ लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्।

‘ए’ श्रेणीमा रहेका दिलिपलाई लुम्बिनीले १० लाख रुपैयाँमा अनुबन्ध गरेको हो। यस श्रेणीमा खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ तोकिएको छ। एनपीएलको यस संस्करणमा ‘ए’ श्रेणीमा कुल आठ जना खेलाडी छन्। मिनी अक्सनमा जनकपुर बोल्ट्स (साबिक विजेता), काठमाडौं गुर्खाज, कर्णाली याक्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स (साबिक उपविजेता), लुम्बिनी लायन्स, विराटनगर किङ्स र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी थिए।

एनपीएलमा ‘बी’ श्रेणीका खेलाडीको मूल्य पाँचदेखि १० लाख रुपैयाँ र ‘सी’ श्रेणीका खेलाडीको मूल्य दुईदेखि पाँच लाख रुपैयाँको दायरा तोकिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले