२७ पुस २०८२, आइतबार । January 11, 2026

एनपीएल मिनि अक्सनः भरपर्दा ब्याटर देव खनाल चितवन राइनोजको भाग्यमा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि चलिरहेको खेलाडी अक्सनमा रोचक प्रतिस्पर्धा देखिएको छ।

अक्सनको प्रारम्भमा सन्तोष कार्कीको नाम आएको भए पनि कुनै पनि टोलीले उनलाई किन्ने चासो देखाएन। तर, दोस्रो नम्बरमा क्याटागोरी ‘ए’ का ओपनर देव खनालको नाम खुल्दा स्थिति बदलियो। लुम्बिनी लायन्सले पहिलो बोली राखेपछि चितवन राइनोजले पनि प्रतिस्पर्धामा प्रवेश गर्‍यो। दुवै टोलीले लगातार बोली बढाउँदै अधिकतम सीमा १५ लाख रुपैयाँसम्म पुर्‍याए।

क्याटागोरी ‘ए’ खेलाडीका लागि तोकिएको सीमा १५ लाख रुपैयाँ मात्र भएकाले अन्तिम निर्णय लक्की ड्रमार्फत गर्नुपर्‍यो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले चिट्ठा तान्दा भाग्य चितवन राइनोजको पक्षमा पर्‍यो र खनाल अन्ततः चितवनको खेलाडी बने।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले