३ श्रावण २०८३, आइतबार । July 19, 2026

तुर्कमेनिस्तानको एलएलडिसी सम्मेलनबाट प्रधानमन्त्री ओली स्वदेश फर्किए


२४ श्रावण २०८२, शनिबार  

6
Shares

काठमाडौं । तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको (LLDC) तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित उच्चपदस्थ अधिकारीहरूले प्रधानमन्त्रीलाई स्वागत गरे। सो अवसरमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) ‘अवाजा’ सहरमा आयोजित सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोका अध्यक्षका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भूपरिवेष्ठित मुलुकहरूको चुनौती, सम्भावना र दिगो विकासका उपायबारे आफ्ना विचार प्रस्तुत गरे।

उनले एक उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्नुका साथै विभिन्न कार्यक्रमहरूमा पनि सम्बोधन गरेका थिए। एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ भूपरिवेष्ठित विकासशील मुलुकहरूको सहभागिता रहेको यस सम्मेलनमा समुद्रमा प्रत्यक्ष पहुँचको अभाव, बोझिलो पारवहन प्रक्रिया, अपर्याप्त पूर्वाधार र उच्च लागतका कारण व्यापार तथा प्रतिस्पर्धात्मक क्षमतामा आउने चुनौतीबारे विस्तृत छलफल भयो।

सम्मेलनले यी मुलुकहरूको आर्थिक क्षमतावृद्धि, लगानी प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुख, संयुक्त राष्ट्रका वरिष्ठ अधिकारी तथा अन्तर्राष्ट्रिय संस्थासँग भेटवार्ता गरेका थिए। सम्मेलनमार्फत दिगो विकासका लक्ष्यहरू हासिल गर्न सहकार्य र साझेदारीको आवश्यकता दोहोर्याइएको थियो।

यसअघि सन् २०१४ नोभेम्बर ३–५ मा अस्ट्रियाको भियनामा दोस्रो सम्मेलन सम्पन्न भएको थियो। प्रधानमन्त्रीको टोलीमा परराष्ट्र सचिव अमृतबहादुर राई, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाहसहित उच्चपदस्थ सरकारी अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मी सहभागी थिए।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर