काठमाडौं । देशभरको मौसम अहिले सामान्यतया बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरमा र पश्चिमतर्फ नेपालको तराई नजिक देखिएको छ। यसको प्रभावस्वरूप कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर सामान्यतया बादल रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्नेछ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आज राति पनि यस्तै मौसमी अवस्था रहनेछ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ।
कोशी, बागमतीका पहाडी भाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।







प्रतिक्रिया