काठमाडौं । नेपालमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर सुनको भाउ १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ। यसअघि साउन २० गते तोलाको मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो। हिजोको तुलनामा आजको भाउ उच्च रहेको छ, जहाँ हिजो सुन तोलाको १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा पुगेको छ। हिजो चाँदीको भाउ २ हजार ३१५ रुपैयाँ थियो।
यो मूल्य वृद्धिले बजारमा सुनचाँदी खरिदकर्तामात्र होइन, सुनमा लगानी गर्नेहरूमा पनि चासो बढाएको देखिन्छ।







प्रतिक्रिया