२ कार्तिक २०८३, सोमबार । October 19, 2026

फिफा महिला वरीयतामा नेपालको ऐतिहासिक उछाल, ८७औं स्थानमा उक्लियो


२३ श्रावण २०८२, शुक्रबार  

15
Shares

काठमाडौं । नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ र्‍याङ्किङमा नेपाल १३ स्थान उक्लँदै ८७औं स्थानमा पुगेको हो। यसअघि ९१औं स्थानमा पुगेको रेकर्डलाई तोड्दै यो नै नेपाली महिला टोलीको उच्चतम वरीयता बनेको छ। पछिल्लो अपडेटअघि १००औं स्थानमा रहेको नेपालले ४६.४९ अंक थप्दै यो सफलता हात पारेको हो।

एसियाली राष्ट्रहरू मध्ये नेपाल अहिले १६औं स्थानमा छ। हालै सम्पन्न महिला एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसलाई पराजित गर्दै उज्बेकिस्तानसँग बराबरी खेलेको थियो। यही प्रदर्शनले वरीयतामा ठूलो सुधार ल्याएको मानिन्छ।

फिफा वरीयताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकाले दोस्रो स्थान ओगटेको छ। पुरुषतर्फ भने नेपाल हाल १७५औं स्थानमा रहेको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १० : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि