४ असार २०८३, बिहिबार । June 18, 2026

फिफा महिला वरीयतामा नेपालको ऐतिहासिक उछाल, ८७औं स्थानमा उक्लियो


२३ श्रावण २०८२, शुक्रबार  

15
Shares

काठमाडौं । नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ र्‍याङ्किङमा नेपाल १३ स्थान उक्लँदै ८७औं स्थानमा पुगेको हो। यसअघि ९१औं स्थानमा पुगेको रेकर्डलाई तोड्दै यो नै नेपाली महिला टोलीको उच्चतम वरीयता बनेको छ। पछिल्लो अपडेटअघि १००औं स्थानमा रहेको नेपालले ४६.४९ अंक थप्दै यो सफलता हात पारेको हो।

एसियाली राष्ट्रहरू मध्ये नेपाल अहिले १६औं स्थानमा छ। हालै सम्पन्न महिला एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसलाई पराजित गर्दै उज्बेकिस्तानसँग बराबरी खेलेको थियो। यही प्रदर्शनले वरीयतामा ठूलो सुधार ल्याएको मानिन्छ।

फिफा वरीयताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकाले दोस्रो स्थान ओगटेको छ। पुरुषतर्फ भने नेपाल हाल १७५औं स्थानमा रहेको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १० : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा