काठमाडौं । नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ र्याङ्किङमा नेपाल १३ स्थान उक्लँदै ८७औं स्थानमा पुगेको हो। यसअघि ९१औं स्थानमा पुगेको रेकर्डलाई तोड्दै यो नै नेपाली महिला टोलीको उच्चतम वरीयता बनेको छ। पछिल्लो अपडेटअघि १००औं स्थानमा रहेको नेपालले ४६.४९ अंक थप्दै यो सफलता हात पारेको हो।
एसियाली राष्ट्रहरू मध्ये नेपाल अहिले १६औं स्थानमा छ। हालै सम्पन्न महिला एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसलाई पराजित गर्दै उज्बेकिस्तानसँग बराबरी खेलेको थियो। यही प्रदर्शनले वरीयतामा ठूलो सुधार ल्याएको मानिन्छ।
फिफा वरीयताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकाले दोस्रो स्थान ओगटेको छ। पुरुषतर्फ भने नेपाल हाल १७५औं स्थानमा रहेको छ।







प्रतिक्रिया