२९ चैत्र २०८२, आइतबार । April 12, 2026

यू-२० महिला एसियन कप छनोटः नेपाल आज साउदी अरेबियासँग भिड्दै


२३ श्रावण २०८२, शुक्रबार  

21
Shares

काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपाल आज साउदी अरेबियाविरुद्ध मैदान उत्रिँदैछ।

खेल दिउँसो १:४५ बजे थिम्पुको चाङलिमिथाङ स्टेडियममा सुरु हुनेछ। यसअघि साँझको समयमा पहिलो खेल खेलेको नेपालले आज भने दिउँसोको समय पाएको छ। पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १-१ को बराबरी खेलेर अंक बाँडेको थियो। साउदी अरेबियाले भने आफ्नो सुरुवाती खेलमा उत्तर कोरियासँग १५-० को ठूलो अन्तरको हार बेहोरेको छ।

भुटानसँगको बराबरीले नेपालको समूहविजेता बन्ने लक्ष्यमा केही चुनौती थपेको छ। अझै बलियो मानिएको उत्तर कोरियासँग खेल बाँकी भएकाले नेपालका लागि साउदीविरुद्धको नतिजा निर्णायक मानिएको छ।

यस प्रतियोगितामा हरेक समूहको विजेता सीधा एसियन कपमा पुग्नेछन्, साथै उत्कृष्ट प्रदर्शन गर्ने दुई उपविजेताले पनि छनोट हुने अवसर पाउने नियम छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व