४ असार २०८३, बिहिबार । June 18, 2026

देशभर मनसुनको प्रभाव, यी प्रदेशमा भारी बर्षा हुने


२३ श्रावण २०८२, शुक्रबार  

36
Shares

काठमाडौं । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको सक्रियता केही कमजोर देखिएको छ। यस प्रभावका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली छ भने बाँकी भागमा आंशिक बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसोको सम्भावित अवस्था
आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। त्यस्तै, अन्य पहाडी क्षेत्रमा केही स्थान र मधेस प्रदेश तथा बाँकी तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। लुम्बिनीको तराई र कोशी, कर्णाली, सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ।

रातिको सम्भावित अवस्था
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान छ। कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरेको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा