२७ पुस २०८२, आइतबार । January 11, 2026

देशभर मनसुनको प्रभाव, यी प्रदेशमा भारी बर्षा हुने



काठमाडौं । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको सक्रियता केही कमजोर देखिएको छ। यस प्रभावका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली छ भने बाँकी भागमा आंशिक बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसोको सम्भावित अवस्था
आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। त्यस्तै, अन्य पहाडी क्षेत्रमा केही स्थान र मधेस प्रदेश तथा बाँकी तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। लुम्बिनीको तराई र कोशी, कर्णाली, सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ।

रातिको सम्भावित अवस्था
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान छ। कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरेको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले