२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

देशभर मनसुन सक्रिय, केही स्थानहरूमा भारी वर्षा


१८ श्रावण २०८२, आइतबार  

12
Shares

काठमाडौं । हाल देशभर मनसुनजन्य वायुप्रवाह सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा केही उत्तरतर्फ सरेको छ, जसको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदलीको अवस्था छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हाल हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसोको समयसम्म देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ भने सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

विशेष गरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ। आज राति पनि यस्तो नै मौसमिक अवस्था रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका अन्य तराई तथा पहाडी भू–भागमा पनि चट्याङसहित वर्षा हुने सम्भावना प्रबल रहेको छ।

त्यस्तै, कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ