२७ पुस २०८२, आइतबार । January 12, 2026

देशभर मनसुन सक्रिय, केही स्थानहरूमा भारी वर्षा



काठमाडौं । हाल देशभर मनसुनजन्य वायुप्रवाह सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा केही उत्तरतर्फ सरेको छ, जसको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदलीको अवस्था छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हाल हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसोको समयसम्म देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ भने सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

विशेष गरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ। आज राति पनि यस्तो नै मौसमिक अवस्था रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका अन्य तराई तथा पहाडी भू–भागमा पनि चट्याङसहित वर्षा हुने सम्भावना प्रबल रहेको छ।

त्यस्तै, कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले