२७ पुस २०८२, आइतबार । January 11, 2026

महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल नेपालमा हुने



काठमाडौं । सन् २०२६ मा हुने महिला टी-२० विश्वकप ग्लोबल छनोट नेपालमा हुने भएको छ ।

आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ। १० राष्ट्र सहभागी रहने प्रतियोगिताबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपका लागि स्थान बनाउनेछन्। यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुनेछ ।

खेलहरू माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने जनाइएको छ । बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्‍वालिफायरका लागि स्वतः छनोट भएका छन्। एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् । नेपालले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो ।

उता अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ। अफ्रिका र युरोपबाट दुई/दुई तथा इस्ट एसिया(प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ।

नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले