३१ आश्विन २०८३, शनिबार । October 17, 2026

पहिलो सिजनको एनपीएलबाट क्यानले कमायो झण्डै साढे २ करोड नाफा


१६ श्रावण २०८२, शुक्रबार  

24
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट झण्डै २ करोड ४६ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ।

बिहीबार बसेको क्यानको बोर्ड बैठकपछि सार्वजनिक गरिएको विवरणअनुसार, प्रतियोगिताबाट प्राप्त कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ पुगेको हो। एनपीएल आयोजनामा कुल २० करोड १५ लाख रुपैयाँ खर्च गरिएको थियो। यसरी आम्दानी र खर्चको अन्तरबाट ७ करोड ५३ लाख रुपैयाँ मुनाफा देखिएको छ। त्यसको ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँ आठवटै फ्रेन्चाइज टोलीबीच बाँडफाँड गरिएको क्यानले जनाएको छ।

बाँकी रहेको ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई वितरणपछि क्यानको खातामा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको छ। एनपीएलको आय-व्यय विवरण गभर्निङ काउन्सिलमार्फत प्रस्तुत गरिएको प्रतिवेदनको अध्ययन र छलफलपछि क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने निर्णय गरेको छ।

क्यानका अनुसार आगामी संस्करणहरू अझ व्यवस्थित र पारदर्शी बनाउन प्रस्तुत विवरण महत्त्वपूर्ण आधार बन्नेछ। बोर्ड बैठकमा १२ वटा एजेन्डा भए पनि बैठकपछि राति जारी गरिएको प्रेस विज्ञप्तिमा एनपीएलसँग सम्बन्धित विषय मात्रै सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि