२९ चैत्र २०८२, आइतबार । April 12, 2026

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी बर्षा


१६ श्रावण २०८२, शुक्रबार  

66
Shares

काठमाडौं । नेपालमा हाल मनसुनी वायु सक्रिय रहेका कारण मौसम बदली भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित भएकाले देशभर यसको प्रभाव देखिएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतः बादल लागिरहेको छ भने मधेस प्रदेशमा मौसम मुख्यतः खुल्ला वा आंशिक बदली रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको देखिएको छ। आज दिउँसो अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भेगका धेरै स्थानहरूमा र तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदलीको सम्भावना छ। मधेस प्रदेशसहित पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, बागमती प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व