काठमाडौं । साताको चौथो दिन नेपाली सेयर बजारमा ठुलो गिरावट आएको छ।
नेप्से परिसूचक आज ४७.९३ अंकले घटेर २,९५४.१४ बिन्दुमा झरेको छ, जुन कुलमा १.५९ प्रतिशतको गिरावट हो। बुधबार सेयर बजारमा कुल १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजारमा कारोबार भएका कम्पनीहरुमध्ये केवल २३ वटा कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने २२६ वटा कम्पनीका सेयरमा गिरावट आएको देखिएको छ।
आजको कारोबारमा सान्भी इनर्जी र ट्रेड टावर लिमिटेड का लगानीकर्ताले सबैभन्दा बढी मुनाफा कमाएका छन्। यता ग्रीन डेभलपमेन्ट बैंक का सेयरधनीले भने सबैभन्दा धेरै घाटा व्यहोर्नु परेको छ।
सेयर बजारमा देखिएको यो गिरावटले लगानीकर्ताहरुमा एकपटक फेरि अनिश्चितता र चिन्ता बढाएको देखिन्छ।







प्रतिक्रिया