२७ पुस २०८२, आइतबार । January 12, 2026

आजको मौसमः गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको सक्रियता जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहँदा देशका अधिकांश भागमा यसको प्रभाव देखिएको छ।बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल सामान्य बदली भएको छ भने अन्य प्रदेशमा आंशिक बदलीको अवस्था देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हाल हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। विशेषगरी सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। तराईका केही स्थानहरूमा पनि यस्तै खालको वर्षा हुने देखिएको छ।

आज राति भने पहाडी क्षेत्रहरूमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ। रातिको समयमा पनि पहाडी क्षेत्रमा केही स्थानमा र तराईमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

गण्डकी प्रदेशका पहाडी भेगमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तो अवस्थामा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्‌को जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले