काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा झरेको छ। यसअघि सोमबार सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ। सोमबार तोलामा २ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।







प्रतिक्रिया