२५ आश्विन २०८३, आइतबार । October 11, 2026

एकै परिवारका १६ जना रहस्यमयरूपमा बेपत्ता, पुरै गाउँ त्रासमा


१२ श्रावण २०८२, सोमबार  

102
Shares

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा हराएपछि स्थानीयमा त्रास फैलिएको छ भने प्रहरी पनि सक्रिय रूपमा अनुसन्धानमा खटिएको छ।

गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकको भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बस्दै आएकी उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन बनेको हो। गाउँलेहरूले उनीहरू घरमै नभएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई खबर गरेका थिए। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार, “सूचना प्राप्त भएलगत्तै टोली परिचालन गरिएको हो। हायु परिवारको घरमा सामान्य क्षति देखिएको छ भने उनीहरूले पालेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा फेला परेका छन्। तर परिवारका कुनै पनि सदस्य घरमा छैनन्।” यस घटनाले गाउँमा रहस्यमय स्थिति सिर्जना गरेको छ।

स्थानीय जनप्रतिनिधि र गाउँलेसँग पनि हायु परिवारको हालचालबारे बुझ्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। हालसम्म परिवारको बेपत्ता हुनुको कारण खुल्न सकेको छैन। प्रहरीले अनुसन्धान तीव्र बनाउँदै ल्याइएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  २ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि