१० माघ २०८२, शुक्रबार । January 23, 2026

एकै परिवारका १६ जना रहस्यमयरूपमा बेपत्ता, पुरै गाउँ त्रासमा



सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा हराएपछि स्थानीयमा त्रास फैलिएको छ भने प्रहरी पनि सक्रिय रूपमा अनुसन्धानमा खटिएको छ।

गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकको भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बस्दै आएकी उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन बनेको हो। गाउँलेहरूले उनीहरू घरमै नभएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई खबर गरेका थिए। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार, “सूचना प्राप्त भएलगत्तै टोली परिचालन गरिएको हो। हायु परिवारको घरमा सामान्य क्षति देखिएको छ भने उनीहरूले पालेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा फेला परेका छन्। तर परिवारका कुनै पनि सदस्य घरमा छैनन्।” यस घटनाले गाउँमा रहस्यमय स्थिति सिर्जना गरेको छ।

स्थानीय जनप्रतिनिधि र गाउँलेसँग पनि हायु परिवारको हालचालबारे बुझ्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। हालसम्म परिवारको बेपत्ता हुनुको कारण खुल्न सकेको छैन। प्रहरीले अनुसन्धान तीव्र बनाउँदै ल्याइएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  २ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते