१ कार्तिक २०८३, आइतबार । October 18, 2026

इंग्ल्यान्डले जित्यो युरो २०२५ को उपाधि


१२ श्रावण २०८२, सोमबार  

27
Shares

एजेन्सी । इंग्ल्यान्डको महिला फुटबल टोलीले वुमन्स युरो २०२५ को उपाधिमा कब्जा जमाउँदै इतिहास रचेको छ।

रोमाञ्चक फाइनलमा स्पेनलाई ३–१ को पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो पटक यो प्रतिष्ठित उपाधि आफ्नो नाममा लेखाएको हो। सन् २०२२ को युरो फाइनलमा निर्णायक गोल गर्दै नायिका बनेकी क्लोई केलीले यसपटक पनि इंग्ल्यान्डलाई जित दिलाउने निर्णायक पेनाल्टी प्रहार गरिन्।

खेलको दौरान स्पेनले लगातार तीन पेनाल्टी गुमाएको थियो भने इंग्ल्यान्डकी गोलकिपर हन्ना ह्याम्पटनले दुई महत्वपूर्ण बचाउ गरेकी थिइन्। यो उपाधिसँगै इंग्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा पहिलो पटक युरोपेली शीर्ष उपाधि जित्न सफल भएको छ। क्लोई केलीका लागि भने यो युरोपको तेस्रो उपाधि हो—पहिलो नेदरल्यान्ड्स (२०१७), दोस्रो घरेलु मैदानमा (२०२२), र अब तेस्रो विदेशी भूमिमा (२०२५)।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो। पहिलो हाफमा स्पेनकी मारियोना काल्डेन्टेले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। तर, दोस्रो हाफमा बैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी क्लोई केलीको उत्कृष्ट क्रसमा एलेसिया रुसोले हेडरमार्फत बराबरी गोल गरिन्।

नकआउट चरणका सबै खेलहरूमा पछि परेको इंग्ल्यान्ड फाइनलमा पनि पहिलो गोल खाँदै दबाबमा आएको थियो। तर, अन्तिम क्षणसम्मको संघर्ष र उत्कृष्ट समन्वयले इंग्ल्यान्डलाई उपाधिसम्म पुर्‍यायो।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि