१० श्रावण २०८३, आइतबार । July 26, 2026

इंग्ल्यान्डले जित्यो युरो २०२५ को उपाधि


१२ श्रावण २०८२, सोमबार  

27
Shares

एजेन्सी । इंग्ल्यान्डको महिला फुटबल टोलीले वुमन्स युरो २०२५ को उपाधिमा कब्जा जमाउँदै इतिहास रचेको छ।

रोमाञ्चक फाइनलमा स्पेनलाई ३–१ को पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो पटक यो प्रतिष्ठित उपाधि आफ्नो नाममा लेखाएको हो। सन् २०२२ को युरो फाइनलमा निर्णायक गोल गर्दै नायिका बनेकी क्लोई केलीले यसपटक पनि इंग्ल्यान्डलाई जित दिलाउने निर्णायक पेनाल्टी प्रहार गरिन्।

खेलको दौरान स्पेनले लगातार तीन पेनाल्टी गुमाएको थियो भने इंग्ल्यान्डकी गोलकिपर हन्ना ह्याम्पटनले दुई महत्वपूर्ण बचाउ गरेकी थिइन्। यो उपाधिसँगै इंग्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा पहिलो पटक युरोपेली शीर्ष उपाधि जित्न सफल भएको छ। क्लोई केलीका लागि भने यो युरोपको तेस्रो उपाधि हो—पहिलो नेदरल्यान्ड्स (२०१७), दोस्रो घरेलु मैदानमा (२०२२), र अब तेस्रो विदेशी भूमिमा (२०२५)।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो। पहिलो हाफमा स्पेनकी मारियोना काल्डेन्टेले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। तर, दोस्रो हाफमा बैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी क्लोई केलीको उत्कृष्ट क्रसमा एलेसिया रुसोले हेडरमार्फत बराबरी गोल गरिन्।

नकआउट चरणका सबै खेलहरूमा पछि परेको इंग्ल्यान्ड फाइनलमा पनि पहिलो गोल खाँदै दबाबमा आएको थियो। तर, अन्तिम क्षणसम्मको संघर्ष र उत्कृष्ट समन्वयले इंग्ल्यान्डलाई उपाधिसम्म पुर्‍यायो।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर