२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

किङ्स कलेजद्वारा आयोजित नेपाल उद्यमशीलता फोरम सम्पन्न, उद्यमशीलता र नवप्रवर्तनका विषयमा गहिरो छलफल


११ श्रावण २०८२, आइतबार  

12
Shares

काठमाडौं । किङ्स कलेजको आयोजनामा सम्पन्न नेपाल उद्यमशीलता फोरम २०२५ ले उद्यमशीलताको क्षेत्रलाई अझै दिगो, समावेशी र नवीन बनाउने दिशामा महत्त्वपूर्ण बहसहरू अघि सारेको छ।

“दिगो उद्यमशीलता वातावरणतर्फ ९टुवर्डस् सस्टेनेबल आन्टरप्रिनरशिप इकोसिस्टम०” भन्ने मूल नारासहित भएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल र विदेशका ५०० भन्दा बढी उद्यमी, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, विचार नेता र नीति निर्माता सहभागी भएका थिए। कार्यक्रम संयोजक सगुन बाबा श्रेष्ठले भने, “यो कार्यक्रम केवल छलफलमा सीमित रहेन।

यहाँबाट सरोकारवाला र काम गर्नेहरूबीच वास्तविक सम्बन्धहरू बने र नेपाली उद्यमशीलताको भविष्यप्रति नयाँ आशा पलायो।”

व्यवसाय, प्रविधि र सामाजिक उत्तरदायित्वका सवालमा बहस
फोरमका प्यानलहरूमा दिगो व्यवसाय, प्रविधिमा नवप्रवर्तन, समावेशी शिक्षा, आर्थिक स्वतन्त्रता, जलवायु परिवर्तनको असर, नीति सुधार, मेन्टोरशिप, र सार्वजनिक–निजी साझेदारी लगायतका विषयमा गहिरो छलफल गरिएको थियो। कार्यक्रमले उद्यमशीलताको अवधारणालाई नाफा मात्र होइन, सामाजिक उद्देश्य र वातावरणप्रतिको जिम्मेवारीसँग पनि जोड्नुपर्ने कुरामा जोड दिएको थियो। साथै कार्याक्रमा शैक्षिक अनुभव र व्यवसायिक अभ्यासलाई जोड्दै सहभागीहरूले नयाँ विचार, दृष्टिकोण र समाधान साझा गरे।

उद्यमशीलताको यात्रामा अर्को उपलब्धि
किङ्स कलेजका अनुसार, यो सम्मेलन सन् २०१६ मा आयोजना गरिएको अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलनदेखि सुरु भएको यात्रा कै विशेष उपलब्धि हो। यसपटकको फोरमले उद्यमशीलता क्षेत्रमा लागेका युवादेखि नीति निर्मातासम्मलाई एउटै मञ्चमा ल्याएर साझा सोच र सहकार्यको नयाँ ढोका खोलेको छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ