४ असार २०८३, बिहिबार । June 18, 2026

आजको मौसमः यी प्रदेशमा भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह


११ श्रावण २०८२, आइतबार  

87
Shares

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले, देशभर सामान्य बदलीको अवस्था कायम छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ।

देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यसैगरी मधेस र लुम्बिनी प्रदेशका तराई भागमा हावाहुरीको सम्भावना पनि छ।

आज राति पनि देशभर साधारण बदली रहने अनुमान गरिएको छ। कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भागहरूमा मध्यम वर्षा र चट्याङको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने भारी वर्षा हुन सक्ने देखिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भागहरूमा सम्भावित भारी वर्षाका कारण बाढी, पहिरोको जोखिम बढ्नसक्ने भएकाले सतर्कता आवश्यक छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा