१३ फाल्गुन २०८२, बुधबार । February 25, 2026

पदप्रति लालसा छैन, जनसेवामा समर्पित हुने संकल्प गरेर अघि बढेको हुँः पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू कुनै राजनीतिक पदप्रति आशक्ति नराख्ने स्पष्ट संकेत दिएकी छन्।

शुक्रबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रकै सर्वोच्च जिम्मेवारी वहन गरिसकेपछि अब पदको महत्त्वकांक्षा नरहेको स्पष्ट पारिन्। “म राष्ट्रपतिको पदमा पुगेर आफ्नो योगदान इतिहासमा दर्ज गरिसकेको छु। त्यसैले मलाई अब कुनै पदको लोभ छैन,” भण्डारीले भनिन्।

उनले राजनीति र जनसेवामा पुनः सक्रिय हुन लागेको विषयलाई अनौठो रूपमा नलिन पनि आग्रह गरिन्। “राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि आफ्नै पार्टीमा फर्किएर देश र जनताको सेवा गर्नु मेरो संवैधानिक अधिकार हो,” उनले भनिन्, “म कुनै आकस्मिक निर्णय होइन, गहिरो सोचविचारसहित देश र पार्टीप्रति जिम्मेवार भूमिका निर्वाह गर्न चाहन्छु।”

भण्डारीले राष्ट्रपतिको जिम्मेवारीअघि पनि राजनीतिक यात्रामा लामो समय बिताएको स्मरण गराउँदै अबको मार्ग राष्ट्रसेवामा थप योगदान दिने संकल्पका साथ तय गरिएको बताइन्।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा