२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

इरानको जेलबाट मुक्त भएका पाँच नेपाली स्वदेश फर्किए


९ श्रावण २०८२, शुक्रबार  

9
Shares

काठमाडौैं । इरानको जेलमा रहेका पाँच जना नेपाली नागरिक अन्ततः स्वदेश फर्किएका छन्। तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) को सहकार्यमा उनीहरू साउन ८ गते (हिजो) काठमाडौं आइपुगेका हुन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरू स्वदेश फर्किएको जानकारी दिएको हो। अदालतको आदेशपछि उनीहरूलाई थुनामुक्त गरिएको थियो।

यसअघि इजरायल–इरान युद्धका कारण उत्पन्न संकटको बेला भारत सरकारको सहयोगमा तीन चरणमा गरी ९ जना नेपाली नागरिकलाई स्वदेश फर्काइएको थियो। युद्धविरामसँगै क्षेत्रको अवस्था विस्तारै सामान्य बन्दै गएको मन्त्रालयले जनाएको छ।

नेपाल सरकारको पहल, कूटनीतिक समन्वय र अन्तर्राष्ट्रिय निकायको सहायतामा नेपाली नागरिकहरूको सुरक्षित घरफिर्ती सुनिश्चित गरिएको यो पछिल्लो उदाहरण हो।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ