२८ मंसिर २०८२, शनिबार । December 13, 2025

एनपीएल सिजन-२ः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गर्दै नेपाली क्रिकेटमा नयाँ ऊर्जा थप्ने संकेत दिएको छ।

टिमले सार्वजनिक गरेको लोगोमा खेल, संस्कृति र राष्ट्रिय पहिचानलाई एउटै संरचनामा समेट्ने प्रयास गरेको बताइएको छ। नवीन लोगोमा मायादेवी मन्दिर, ऐतिहासिक अशोक स्तम्भ, नेपाली झन्डाको रङ, र चन्द्र–सूर्यका प्रतीकहरू समावेश गरिएको छ। यसले लुम्बिनी क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्वलाई उजागर गर्नुका साथै राष्ट्रिय गौरवको समेत प्रतिनिधित्व गर्ने टिमको दाबी छ।

सुनौलो अक्षर प्रयोग गरेर लुम्बिनीको शान्ति र गौरवलाई जीवन्त बनाइएको छ। लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बहादुर जिसीका अनुसार, नयाँ लोगोले टिमको शक्ति, समर्पण, र लुम्बिनीको पहिचानलाई सशक्त रुपमा प्रस्तुत गर्छ। सन् २०८१ मा स्थापना भएको यो टिमले नयाँ लोगोको साथमा नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ।

आगामी एनपीएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले अघिल्लो सिजनका मार्की खेलाडी तथा कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई रिटेन गरिसकेको छ।

यसैबीच, एनपीएल मिनी अक्सन सन् २०२५ को अगस्ट महिनामा आयोजना हुने तय भएको छ, जसले टोलीमा थप नयाँ अनुहारहरू भित्रिने सम्भावना बढाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले