२९ चैत्र २०८२, आइतबार । April 12, 2026

एनपीएल सिजन-२ः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक


६ श्रावण २०८२, मंगलबार  

21
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गर्दै नेपाली क्रिकेटमा नयाँ ऊर्जा थप्ने संकेत दिएको छ।

टिमले सार्वजनिक गरेको लोगोमा खेल, संस्कृति र राष्ट्रिय पहिचानलाई एउटै संरचनामा समेट्ने प्रयास गरेको बताइएको छ। नवीन लोगोमा मायादेवी मन्दिर, ऐतिहासिक अशोक स्तम्भ, नेपाली झन्डाको रङ, र चन्द्र–सूर्यका प्रतीकहरू समावेश गरिएको छ। यसले लुम्बिनी क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्वलाई उजागर गर्नुका साथै राष्ट्रिय गौरवको समेत प्रतिनिधित्व गर्ने टिमको दाबी छ।

सुनौलो अक्षर प्रयोग गरेर लुम्बिनीको शान्ति र गौरवलाई जीवन्त बनाइएको छ। लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बहादुर जिसीका अनुसार, नयाँ लोगोले टिमको शक्ति, समर्पण, र लुम्बिनीको पहिचानलाई सशक्त रुपमा प्रस्तुत गर्छ। सन् २०८१ मा स्थापना भएको यो टिमले नयाँ लोगोको साथमा नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ।

आगामी एनपीएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले अघिल्लो सिजनका मार्की खेलाडी तथा कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई रिटेन गरिसकेको छ।

यसैबीच, एनपीएल मिनी अक्सन सन् २०२५ को अगस्ट महिनामा आयोजना हुने तय भएको छ, जसले टोलीमा थप नयाँ अनुहारहरू भित्रिने सम्भावना बढाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व