१० चैत्र २०८२, मंगलबार । March 25, 2026

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदै


५ श्रावण २०८२, सोमबार  

9
Shares

काठमाडौं । लोकतान्त्रिक विचारका अग्रणी नेता वी.पी. कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा भोलि विहान ८ बजे वी.पी.स्मृति अस्पताल, वसुन्धरामा विभिन्न कार्यक्रमहरू आयोजना गरिने भएका छन्।

नेपाली कांग्रेसका शीर्ष नेताहरूको विशेष सहभागितामा हुने कार्यक्रमहरूको मूल उद्देश्य वी.पी. कोइरालाको विचार र योगदानको स्मरण गर्नु रहेको वी.पी. स्मृति अस्पतालका अध्यक्ष उमेश जंग रायमाझीले जानकारी दिए । दिवसको मुख्य आकर्षणस्वरूप “देश विकास र देशवासीको उन्नतिको आधार: वि.पी. विचार” विषयक विचार गोष्ठी आयोजना गरिने छ। उक्त गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता रहने अध्यक्ष रायमाझीले जानकारी दिए ।

यसै अवसरमा, पूर्वअध्यक्ष डा.शेखर कोइरालाले वी.पी.स्मृति अस्पतालमा फलफूल वितरण कार्यक्रमको उद्घाटन गर्नेछन्। अस्पतालकै आयोजनामा रक्तदान कार्यक्रम पनि तय गरिएको छ, जसको शुभारम्भ महामन्त्री विश्वप्रकाश शर्माले स्वयं रक्तदान गरेर गर्नेछन्। इच्छुक रक्तदाता महानुभावहरूलाई सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ।

स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको समेत आयोजना गरिएको छ। साथै, पूर्वमन्त्री शशांक कोइरालाको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ। वी.पी. कोइरालाको स्मृतिमा विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत ऐतिहासिक चलचित्र’नालापानी´को विशेष प्रदर्शनसमेत गरिनेछ।

वी.पी.स्मृति अस्पताल २०६४ साल असोज १३ गते स्थापना भएको हो। स्वास्थ्य सेवा र जनशक्ति उत्पादनमा केन्द्रित यस संस्थाले सातै प्रदेशका जनतालाई लक्षित गरी सेवा दिँदै आएको छ।

हाल अस्पतालबाट विशेषज्ञहरूमार्फत विभिन्न रोगको उपचार तथा शल्यक्रियासमेत उपलब्ध गराइँदै आएको छ। स्टाफ नर्स र हेल्थ असिस्टेन्ट तहमा नियमित पढाइ सन्चालनमा रहेको संस्थाले २०६९ सालदेखि वार्षिक ४० जना स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ।

अस्पतालले लोपोन्मुख जातजाति, अति गरिब र दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ भने अन्य सेवामा पनि १०–२५ प्रतिशतसम्म छुट प्रदान गर्दै आएको छ। हालै मातातीर्थमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। आगामी दिनमा देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्यसहित बीरगञ्जमा सेवा सुरु गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali