२८ पुस २०८२, सोमबार । January 12, 2026

साफ यू-२० महिला च्याम्पियनसिप : बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब



काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको निर्णायक खेल आज साँझ हुँदैछ, जहाँ नेपाल र आयोजक तथा साविक विजेता बंगलादेशबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ।

खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। यही खेलमार्फत प्रतियोगिताको च्याम्पियनको टुंगो लाग्नेछ। हाल बंगलादेश शीर्ष स्थानमा सहज स्थितिमा रहँदै फाइनलमा उत्रँदैछ। पाँचवटै खेल जितेर १५ अंक जोडिसकेको बंगलादेशलाई उपाधिका लागि केवल बराबरीको नतिजा पर्याप्त हुनेछ।

नेपाल भने दोस्रो स्थानमा छ, जसले ४ खेल जित्दै १२ अंक जोडेको छ। नेपालले भुटान र श्रीलंकालाई दुई-दुई पटक पराजित गरेको थियो, तर बंगलादेशसँगको पहिलो भेटमा ३-२ को हार बेहोरेको थियो। अहिलेको अवस्थामा नेपालले च्याम्पियन बन्न बंगलादेशमाथि स्पष्ट जित निकाल्नैपर्नेछ।

  • यदि नेपालले २ गोल अन्तरले जित्यो भने, नेपाल प्रत्यक्ष च्याम्पियन बन्नेछ।
  • १ गोल अन्तरको जित भएमा दुवै टोलीको अंक बराबर हुनेछ, हेड टु हेड नतिजा र गोल अन्तर पनि बराबरी हुनेछ। यस्तो अवस्थामा समग्र गोल अन्तर हेरिनेछ, जहाँ नेपाल हाल अग्रस्थानमा छ (नेपाल ५ खेलमा ३० गोल, बंगलादेशले २४)।

त्यसैले नेपालका लागि आजको खेल ‘गर या मर’ (Do or Die) को स्थिति बनेको छ। चार टोली सहभागी यो च्याम्पियनसिप डबल राउण्ड रोबिन ढाँचामा भइरहेको छ। अन्तिममा सर्वाधिक अंक जोड्ने टोली नै विजेता घोषित हुनेछ।

आजको भिडन्त सिधै उपाधि नतिजासँग जोडिएको हुँदा दुवै टिम पूरै ताकतसाथ मैदान उत्रिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले