५ श्रावण २०८३, मंगलबार । July 21, 2026

साफ यू-२० महिला च्याम्पियनसिप : बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब


५ श्रावण २०८२, सोमबार  

63
Shares

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको निर्णायक खेल आज साँझ हुँदैछ, जहाँ नेपाल र आयोजक तथा साविक विजेता बंगलादेशबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ।

खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। यही खेलमार्फत प्रतियोगिताको च्याम्पियनको टुंगो लाग्नेछ। हाल बंगलादेश शीर्ष स्थानमा सहज स्थितिमा रहँदै फाइनलमा उत्रँदैछ। पाँचवटै खेल जितेर १५ अंक जोडिसकेको बंगलादेशलाई उपाधिका लागि केवल बराबरीको नतिजा पर्याप्त हुनेछ।

नेपाल भने दोस्रो स्थानमा छ, जसले ४ खेल जित्दै १२ अंक जोडेको छ। नेपालले भुटान र श्रीलंकालाई दुई-दुई पटक पराजित गरेको थियो, तर बंगलादेशसँगको पहिलो भेटमा ३-२ को हार बेहोरेको थियो। अहिलेको अवस्थामा नेपालले च्याम्पियन बन्न बंगलादेशमाथि स्पष्ट जित निकाल्नैपर्नेछ।

  • यदि नेपालले २ गोल अन्तरले जित्यो भने, नेपाल प्रत्यक्ष च्याम्पियन बन्नेछ।
  • १ गोल अन्तरको जित भएमा दुवै टोलीको अंक बराबर हुनेछ, हेड टु हेड नतिजा र गोल अन्तर पनि बराबरी हुनेछ। यस्तो अवस्थामा समग्र गोल अन्तर हेरिनेछ, जहाँ नेपाल हाल अग्रस्थानमा छ (नेपाल ५ खेलमा ३० गोल, बंगलादेशले २४)।

त्यसैले नेपालका लागि आजको खेल ‘गर या मर’ (Do or Die) को स्थिति बनेको छ। चार टोली सहभागी यो च्याम्पियनसिप डबल राउण्ड रोबिन ढाँचामा भइरहेको छ। अन्तिममा सर्वाधिक अंक जोड्ने टोली नै विजेता घोषित हुनेछ।

आजको भिडन्त सिधै उपाधि नतिजासँग जोडिएको हुँदा दुवै टिम पूरै ताकतसाथ मैदान उत्रिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर