२८ चैत्र २०८२, शनिबार । April 12, 2026

देशभर सक्रिय मनसुन : भारी वर्षासहित बाढी र पहिरोको जोखिम


५ श्रावण २०८२, सोमबार  

27
Shares

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय रूपमा देखिएको छ।

मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा केही उत्तरतिर सरेको छ, जसको कारण अधिकांश भागमा वर्षाको सम्भावना उच्च देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका केही भागहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। ती प्रदेशहरूमध्ये एक-दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना समेत छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। वर्षासँगै भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको सम्भावना रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिमसमेत रहेको छ।

साथै, साना तथा ठूला नदी–नालाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले सबै नागरिक र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता र पूर्व तयारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व