१० श्रावण २०८३, आइतबार । July 26, 2026

ओलीलाई भेट्न च्यासल पुगिन पूर्वराष्ट्रपति भण्डारी


४ श्रावण २०८२, आइतबार  

12
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न ३:२४ बजे नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा पुगेकी छन्।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि उनको च्यासल आगमनले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु गराएको छ। राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरिसकेकी भण्डारी अब एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा रहेको संकेत देखिएको छ।

उनले राष्ट्रपतिको पदबाट निवृत्तिपछि पाउने सेवासुविधा, सुरक्षाबाहेक, त्याग गरिसकेको बताइएको छ। यसले पनि उनी पार्टी राजनीतिमा पूर्ण रूपमा फर्किन इच्छुक रहेको संकेत गर्छ। तर पूर्वराष्ट्रपतिले सक्रिय पार्टी भूमिकामा फर्कन पाउने कि नपाउने भन्ने विषयमा एमालेभित्रै फरक मत देखिएको छ।

अध्यक्ष ओली आफैंले पूर्वराष्ट्रपतिलाई प्रत्यक्ष पार्टी राजनीतिमा संलग्न नगराउनु पर्ने धारणा राख्दै आएका छन्। अर्कोतर्फ, केही नेताहरू र कार्यकर्ताहरू भने भण्डारीको भूमिकालाई पुनः संस्थागत गर्दै पार्टीभित्र ल्याउनु पर्ने मतमा छन्। एमालेका अनुसार हालसम्म पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण भएको छैन।

उनी च्यासलस्थित पार्टी कार्यालयमा सरेपछि पहिलोपटक आज पुगेकी हुन्। भण्डारीको यो सक्रियता र च्यासल भ्रमणलाई एमालेको भावी रणनीति, महिला नेतृत्वको भूमिकालगायत विविध कोणबाट हेरिएको छ।

अबको केही दिनभित्रै एमालेले यसबारे औपचारिक निर्णय गर्ने तयारी गरेको बुझिएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ३ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर