५ असार २०८३, शुक्रबार । June 19, 2026

कास्कीको लुम्लेमा अति भारी वर्षा, पुर्वी क्षेत्र जोखिममा


४ श्रावण २०८२, आइतबार  

24
Shares

काठमाडौं । देशका विभिन्न भागहरूमा पछिल्लो १२ घण्टामा भारीदेखि अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सबैभन्दा धेरै वर्षा कास्कीको लुम्लेमा मापन गरिएको हो, जहाँ एक सय ५१ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, सुनसरीमा एक सय ३० मिलिमिटर, धनकुटामा एक सय २१ मिलिमिटर र इलामको माइपोखरीमा पनि एक सय २१ मिलिमिटर वर्षा मापन भएको छ। यी स्थानहरूमा अति भारी वर्षा दर्ज गरिएको हो।

अन्य थुप्रै जिल्लाहरूमा पनि भारी वर्षा भएको विभागको तथ्यांकले देखाउँछ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुन सक्रिय रहेको र यसको न्यूनचापीय रेखा सामान्य अवस्थाभन्दा उत्तरतर्फ सरेको छ। यसै कारणले नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो।

उनका अनुसार, पूर्वमा सक्रिय रहेको प्रणाली अहिले मध्य र पश्चिमतिर सर्दै छ र यो अवस्था भोलिसम्म रहने सम्भावना छ। भारी वर्षा मापन गरिएका अन्य जिल्लाहरूमा सिन्धुपाल्चोक, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी, र झापा रहेका छन्।

पहाडी जिल्लाहरूका उच्च भूभागहरूमा पनि भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत जिल्लाको मोदी खोलामा पानीको सतह सतर्कता तह आसपास पुगेको छ। यस क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यस्तै, इलामको कन्काइ मैनाचुली क्षेत्रमा पनि जलस्तर सतर्कता तह आसपास पुगेको थियो। सुनसरी जिल्लाको सार्दुल खोलामा सतर्कता तह पार भएको र बूढी खोलाको दुहबी जलमापन केन्द्रमा राति १ः२० बजे जलस्तरले खतराको तह पार गरेपछि साइरनसमेत बजाइएको थियो।

देशभर बाढी र पहिरोको जोखिम बढ्दो अवस्थामा रहेकोले संवेदनशील क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन विभागले पुनः अनुरोध गरेको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा