२८ पुस २०८२, सोमबार । January 12, 2026

पूर्णिमा र मीनाको ह्याट्रिक, भुटानविरुद्ध नेपालको फराकिलो जित



काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा जारी प्रतियोगितामा नेपालले भुटानलाई ८–० को विशाल अन्तरले पराजित गर्दै अर्को शानदार जित दर्ता गरेको छ।

नेपालका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गोल गर्दा कुसुम खतिवाडाले पनि एक गोल थपिन्। भुटानको एक आत्मघाती गोलले नेपाललाई थप फाइदा मिल्यो। नेपालले पहिलो हाफमै आक्रामक खेल प्रस्तुत गर्दै ६–० को मजबुत अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुई गोल थप्दै खेल ८–० को नतिजामा टुंग्यायो।

खेल सुरु भएको पहिलो मिनेटमै मीनाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन्। त्यसपछि नवौं मिनेटमा समीक्षा राईको डिबक्सबाहिरबाट प्रहार गोलकिपरमार्फत गोलपोस्टमा छिरेपछि नेपालले अग्रता दोब्बर बनायो। १२औं मिनेटमा मीनाले आफ्नो दोस्रो गोल गर्दै स्कोर ३–० बनाइन्। २३औं मिनेटमा मीनाकै पासमा पूर्णिमाले सजिलो ट्याप इन गोल गर्दै नेपाललाई ४–० को अवस्थामा पुर्‍याइन्।

पहिलो हाफको इन्जुरी समयमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमाले हेडमार्फत गोल गर्दै ५–० को अग्रता दिलाइन्। त्यसको केही क्षणमै उनले आफ्नो ह्याट्रिक पूरा गर्दै पहिलो हाफ ६–० मा टुंग्याइन्। ६३औं मिनेटमा कुसुम खतिवाडाले सातौं गोल गरिन् भने लगत्तै ६४औं मिनेटमा मीनाले पनि ह्याट्रिक पूरा गर्दै स्कोरलाई ८–० मा पुर्‍याइन्। त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन।

डबल राउन्ड रोबिन फर्म्याटमा जारी प्रतियोगितामा भुटानसँगको यो दोस्रो भेटमा पनि नेपाल विजयी रह्यो। पहिलो भेटमा नेपालले भुटानलाई ६–१ ले हराएको थियो। यसअघि नेपाल बंगलादेशसँग ३–२ ले पराजित भए पनि श्रीलंकासँग लगातार दुई खेलमा ७–० को फराकिलो जित निकालेको थियो।

हालसम्म पाँच खेलमा नेपालले १२ अंक जोडेको छ भने बंगलादेशले चार खेलबाट समान १२ अंक बनाइसकेको छ। बंगलादेशले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

चार टोली सम्मिलित च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल सोमबार बंगलादेशसँग भिड्नेछ, जुन खेलले सम्भवतः उपाधिको टुंगो लगाउनेछ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले