२९ चैत्र २०८२, आइतबार । April 12, 2026

साफ यू-२० महिला च्याम्पियनसिप : पुनः भुटानको सामना गर्दै नेपाल


३ श्रावण २०८२, शनिबार  

42
Shares

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो पाँचौं खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

डबल राउन्ड रोबिन फर्म्याटमा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल र भुटानबीचको यो दोस्रो भिडन्त हो। खेल ढाका स्थित बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। नेपालले पहिलो चरणमा भुटानलाई ६–१ ले पराजित गरेको थियो। त्यसपछि बंगलादेशसँगको प्रतिस्पर्धामा ३–२ ले पराजित भए पनि श्रीलंकासँग लगातार दुई खेलमा ७–० को फराकिलो जित हात पारेको छ।

भुटानले हालसम्म नेपालसँगको एक खेल र बंगलादेशसँग दुई खेलमा हार बेहोरेको छ। यद्यपि उसले श्रीलंकालाई पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ। अहिलेको अंकतालिकामा घरेलु टोली बंगलादेश १२ अंकसहित शीर्ष स्थानमा छ। नेपाल ९ अंकसहित दोस्रो स्थानमा छ भने भुटान ३ अंकका साथ तेस्रो स्थानमा छ।

चार टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन आधारमा खेलाइँदैछ। सबै टोली एक–अर्कासँग दुई पटक भिड्नेछन् र सर्वाधिक अंक हासिल गर्ने टोली च्याम्पियन घोषित हुनेछ।

नेपालले अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ। आजको खेल नेपालका लागि फाइनल पुग्ने सम्भावना बलियो बनाउने अवसर पनि हो।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व