१७ श्रावण २०८३, आइतबार । August 2, 2026

कोशी र गण्डकीमा भारी बर्षा, सतर्क रहन आग्रह


३ श्रावण २०८२, शनिबार  

30
Shares

काठमाडौं । हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा औसत स्थानको वरिपरि रहँदा देशका अधिकांश भागमा मौसम बदली भइरहेक‍ो हो। देशका पहाडी क्षेत्रहरूमा अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने तराई तथा अन्य भूभागहरूमा आंशिक बदली देखिएको छ।

कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भागहरूमा तथा अन्य केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने देखिन्छ। आज राति कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश, बागमती र गण्डकीका केही भागहरूमा र अन्य स्थानहरूमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ। कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो, भू–क्षय र गेग्रान बहावको जोखिम रहेको जनाएको छ। त्यसैले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना बढेको भन्दै सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवालामा आग्रह गरिएको छ।

त्यस्तै, नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, यातायात तथा हावाहुरीको असर समेत पर्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्न भनिएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर