३१ जेष्ठ २०८३, आइतबार । June 15, 2026

इटहरीमा सुरु हुँदै टिभिएस एक्सचेन्ज धमाका ! यस्ता छन् अफर…


२ श्रावण २०८२, शुक्रबार  

21
Shares

इटहरी । नेपालमा टिभिएस ब्रान्डका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा विशेष अफरसहितको भव्य कार्यक्रम “टिभिएस एक्सचेन्ज म्यानिया” सञ्चालनमा ल्याउने भएको छ।

६ दिनसम्म चल्ने यो एक्सचेन्ज मेनिया यहि श्रावण ४ गते आइतबारदेखि श्रावण ९ गते शुक्रबारसम्म चल्नेछ । एक्सचेन्ज मेनिया इटहरी पश्चिम लाइनस्थित राजस्वढाट क्षेत्रमा आयोजना हुनेछ। कार्यक्रमका सहआयोजक पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक ल्याएर ग्राहकले नयाँ टिभिएस बाइक वा स्कुटरमा न्यूनतम रू. ३०,००० मूल्याङ्कन पाउनेछन्।

त्यसमाथि थप रू. ८,००० सम्मको छुट, ० प्रतिशत ब्याजमा किस्ताबन्दी, र इन्जिनमा लाइफटाइम वारेन्टी समेत उपलब्ध हुने उल्लेख गरिएको छ। कार्यक्रममा सहभागी हुने ग्राहकहरूले विभिन्न आकर्षक गिफ्ट प्याकेजहरू पनि जित्न सक्नेछन्। पुराना बाइकको मूल्य निर्धारणका लागि १० भन्दा बढी अनुभवी भ्यालुएटरहरू उपलब्ध रहनेछन्।

मूल्याङ्कन प्रक्रिया पारदर्शी, द्रुत, र उचित हुने आयोजकहरूको दाबी छ। उनीहरूले पूर्वी क्षेत्रमै सबैभन्दा राम्रो मूल्य दिने विश्वास दिलाएका छन्। हाल नेपाली बजारमा टिभिएसका २३ मोडेल उपलब्ध छन्। आयोजकका अनुसार, इटहरी, धरान, इनरुवा, दुहबी लगायत पूर्वी नेपालका ग्राहकहरूका लागि यो कार्यक्रम एकदमै लाभदायक र सही समयको अवसर हो।

टिभिएसको यो विशेष योजना पुरानो बाइक फेरेर नयाँ टेक्नोलोजीसँगको साथमा यात्रा सुरु गर्ने मात्र होइन, आर्थिक सहजता, इन्जिनको दीर्घकालीन सुरक्षा, र विश्वसनीय सेवाको अनुभव समेत दिने सुनौलो अवसर हो।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १० : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय