२८ पुस २०८२, सोमबार । January 12, 2026

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलको संन्यास घोषणा



एजेन्सी । वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।

रसेलले आफ्नै देश जमैकाको सबिना पार्क मैदानमा अस्ट्रेलियासँग हुने पहिलो दुई टी–२० खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने जनाएका हुन्। ३७ वर्षीय रसेलले सन् २०१९ देखि वेस्ट इन्डिजको लागि केवल टी–२० क्रिकेट खेलेका थिए। उनले आफ्नो करियरमा १ टेस्ट, ५६ एकदिवसीय र ८४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

उनको संन्यासको घोषणा सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने अर्को टी–२० विश्वकपभन्दा सात महिनाअघि आएको हो। संन्यासको घोषणा गर्दै रसेलले भावुक हुँदै भने— “वेस्ट इन्डिजको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा गर्विलो उपलब्धिहरू मध्ये एक हो। यसको महत्त्व शब्दमा बयान गर्न सक्दिन।”

रसेल टी–२० विश्वकप सन् २०१२ र २०१६ मा उपाधि जित्ने वेस्ट इन्डिज टोलीका महत्वपूर्ण सदस्य थिए। विशेषगरी सन् २०१६ को फाइनलमा उनले टिमलाई जितमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। दुई महिनाभित्रै रसेल दोस्रो ठूला खेलाडी हुन्, जसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

यसअघि निकोलस पूरनले पनि संन्यासको घोषणा गरेका थिए।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले