२२ माघ २०८२, बुधबार । February 4, 2026

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलको संन्यास घोषणा



एजेन्सी । वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।

रसेलले आफ्नै देश जमैकाको सबिना पार्क मैदानमा अस्ट्रेलियासँग हुने पहिलो दुई टी–२० खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने जनाएका हुन्। ३७ वर्षीय रसेलले सन् २०१९ देखि वेस्ट इन्डिजको लागि केवल टी–२० क्रिकेट खेलेका थिए। उनले आफ्नो करियरमा १ टेस्ट, ५६ एकदिवसीय र ८४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

उनको संन्यासको घोषणा सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने अर्को टी–२० विश्वकपभन्दा सात महिनाअघि आएको हो। संन्यासको घोषणा गर्दै रसेलले भावुक हुँदै भने— “वेस्ट इन्डिजको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा गर्विलो उपलब्धिहरू मध्ये एक हो। यसको महत्त्व शब्दमा बयान गर्न सक्दिन।”

रसेल टी–२० विश्वकप सन् २०१२ र २०१६ मा उपाधि जित्ने वेस्ट इन्डिज टोलीका महत्वपूर्ण सदस्य थिए। विशेषगरी सन् २०१६ को फाइनलमा उनले टिमलाई जितमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। दुई महिनाभित्रै रसेल दोस्रो ठूला खेलाडी हुन्, जसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

यसअघि निकोलस पूरनले पनि संन्यासको घोषणा गरेका थिए।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल