२८ पुस २०८२, सोमबार । January 12, 2026

इडब्लुभीएल दोस्रो संस्करण: कर्णालीको मार्कीमा रेग्मी र प्रशिक्षकमा राईलाई निरन्तरता



काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को पहिलो संस्करणमा उपाधि जितेको कर्णाली यशविस टिमले दोस्रो संस्करणका लागि पनि पुरानै सफल संयोजनलाई निरन्तरता दिएको छ।

टोलीले मार्की खेलाडी सुमित्रा रेग्मी र प्रमुख प्रशिक्षक कुमार राईलाई फेरि पनि विश्वास गरेको हो। सुमित्रा पहिलो संस्करणमा कर्णाली यशविसको कप्तानका रूपमा चम्किएकी थिइन् भने प्रशिक्षक राईको कुशल नेतृत्वमा टोलीले उपाधि हात पारेको थियो। राष्ट्रिय स्तरमा समेत चर्चा बटुलेका यी दुई भलिबलप्रेमीहरू घरेलु क्लब न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबमा पनि लामो समयदेखि एकसाथ रहेर काम गर्दै आइरहेका छन्।

सुमित्रा रेग्मी प्रशिक्षक राईकै निर्देशनमा विकसित हुँदै आएकी हुन्। उनले छोटो समयमै राष्ट्रिय टिममा डेब्यु गर्दै आफैंलाई एक प्रभावशाली खेलाडीको रूपमा प्रमाणित गरिसकेकी छन्।

इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० गतेदेखि सुरु हुने तालिका रहेको छ। यसपटक पनि कर्णाली यशविसको रणनीति पुरानै सफल संयोजनलाई दोहोर्‍याउँदै उपाधि रक्षा गर्ने देखिन्छ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले