४ असार २०८३, बिहिबार । June 18, 2026

यू-२० साफ च्याम्पियनसिप: नेपालको दबदबा कायमै ! श्रीलंका ७–० ले परातिज


१ श्रावण २०८२, बिहिबार  

36
Shares

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालको शानदार यात्रा जारी छ।

बिहीबार बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा सम्पन्न दोस्रो खेलमा नेपालले श्रीलंकामाथि पुनः ७–० को फराकिलो जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ। नेपालले पहिलो हाफमा चार गोल र दोस्रो हाफमा तीन गोल गर्दै खेलमा पूर्ण रूपमा नियन्त्रण जमायो।

खेलको १५औं मिनेटमा पूर्णिमा राईले ट्याप–इन गोलमार्फत नेपाललाई अग्रता दिलाइन्। त्यसपछि ३५औं मिनेटमा कुसुम खतिवडाले अर्को गोल गर्दै स्कोर २–० बनाइन्। ४३औं मिनेटमा सरिता नाथले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरिन् भने ४५औं मिनेटमा कुसुमको प्रहार डिफेन्डरमा लागेर डिफ्लेक्ट भई गोल भएपछि पहिलो हाफ नेपालको पक्षमा ४–० मा टुंगिएको थियो।

दोस्रो हाफमा नेपालले दबाब जारी राख्यो। ६७औं मिनेटमा बिर्सना चौधरीले पेनाल्टीमार्फत गोल गरिन्। त्यसपछि समिक्षा मगरले ७४औं र ७८औं मिनेटमा लगातार दुई गोल गर्दै नेपालको अग्रता ७–० मा पुर्‍याइन्। ९०औं मिनेटमा नेपालले अर्को पेनाल्टी पाएको थियो तर बिर्सनाको प्रहार श्रीलंकन गोलरक्षकले रोकिन्। त्यसपछि थप गोल हुन सकेन र खेल ७–० कै नतिजामा टुंगियो।

नेपालले पहिलो खेलमा पनि श्रीलंकालाई यही स्कोरले हराएको थियो। दुई खेलमा कुल १४ गोल गर्दै गोलान्तरमा नेपाल निकै अगाडि छ। यो जितसँगै नेपालले ४ खेलबाट ९ अंक जोडेको छ र तालिकाको शिखरमा उक्लिएको छ। यद्यपि एक खेल कम खेलेको आयोजक बंगलादेशले पनि ९ अंक नै बटुलेको छ र गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ।

बंगलादेशले आजै बेलुका भुटानसँग खेल्नेछ जसले शीर्ष स्थानको समीकरण थप रोचक बनाउनेछ। नेपालको यो प्रदर्शनले प्रतियोगितामा उपाधि दाबेदारीलाई अझ बलियो बनाएको छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ४ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा