२९ चैत्र २०८२, आइतबार । April 12, 2026

अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प


१ श्रावण २०८२, बिहिबार  

30
Shares

काठमाडौं । बुधबार अमेरिकी राज्य अलास्काको तटवर्ती क्षेत्रमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजिएस) का अनुसार, भूकम्पको झट्कापछि तत्कालै सुनामी चेतावनी जारी गरिए पनि केही समयपछि सल्लाहमा झारिएको थियो र अन्ततः पूर्ण रूपमा खारेज गरिएको हो। स्थानीय समयअनुसार दिउँसो १२ः३७ बजे (२०ः३७ GMT) मा गएको भूकम्पको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुबाट करिब ८७ किलोमिटर दक्षिणमा र करिब १२.५ माइल (२० किमी) गहिराइमा रहेको बताइएको छ।

प्रारम्भमा दक्षिणी अलास्का तथा अलास्का प्रायद्वीपभरि सुनामीको सम्भावना औँल्याउँदै चेतावनी जारी गरिएको थियो। तर राष्ट्रिय सुनामी चेतावनी केन्द्र (NTWC) ले भूकम्पपछिका अवस्थाको मूल्याङ्कन गरेपछि करिब दुई घण्टापछि चेतावनीलाई खारेज गरेको जानकारी दिएको छ। “अलास्काका तटीय क्षेत्रहरूका लागि जारी गरिएको सुनामी सल्लाह अब हटाइएको छ,” एनटिडब्लुसीको वक्तव्यमा भनिएको छ।

भूकम्पपछि परकम्पहरूको एक श्रृंखला आएको पनि युएसजिएसले जनाएको छ। तीमध्ये सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडको मापन गरिएको हो। यद्यपि, सुनामीसम्बन्धी चेतावनीहरू केवल अलास्काको तटवर्ती क्षेत्रहरूमा सीमित रहेका थिए र अन्य क्षेत्रहरूमा असर परेको थिएन।

स्यान्ड पोइन्टमा अधिकतम ६.१ सेन्टिमिटर (०.२ फिट) उचाइको सानो सुनामीको अवलोकन गरिएको थियो। यद्यपि, अधिकारीहरूले स्थानीय बासिन्दाहरूलाई सावधानी अपनाउन र सुरक्षित क्षेत्र घोषणा नहुञ्जेलसम्म खतराग्रस्त क्षेत्रहरूमा नफर्कन आग्रह गरेका छन्।

अलास्का, भूकम्पीय रूपमा अत्यन्तै सक्रिय प्रशान्त रिङ अफ फायर क्षेत्रमा पर्ने भएकाले यहाँ यस्ता गतिविधि बारम्बार देखिन्छन्। सन् १९६४ मा अलास्कामै ९.२ म्याग्निच्युडको भूकम्प गएको थियो, जुन अहिलेसम्म उत्तर अमेरिकामा मापन गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो। त्यस भूकम्पले एन्कोरेज सहरमा ठूलो विनाश ल्याएको थियो र सुनामीको कारण दर्जनौँको ज्यान गएको थियो। साथै, अरबौं रुपैयाँ बराबरको भौतिक सम्पत्ति नोक्सान भएको थियो।

यसअघि पनि सन् २०२३ जुलाईमा अलास्का प्रायद्वीपमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो, तर त्यसपटक गम्भीर क्षति नदेखिएको समाचार संस्थाहरूले जनाएका थिए।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व