७ कार्तिक २०८३, शनिबार । October 24, 2026

रास्वपाको नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग, निर्वाचन आयोगमा निवेदन


१ श्रावण २०८२, बिहिबार  

87
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिन्ह परिवर्तन गर्न माग गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन परेको छ।

आफूलाई सामाजिक अभियन्ता भन्दै आएका युवराज सफलले बिहीबार आयोगमा निवेदन दर्ता गराउँदै ‘स्वतन्त्र’ शब्द र ‘घण्टी’ चिन्ह हटाउन आग्रह गरेका हुन्। उनको दाबी अनुसार, ‘स्वतन्त्र’ भन्ने शब्द प्रयोगले स्वतन्त्र उम्मेदवारहरूको वैधानिक पहिचानमा आँच पुग्ने खतरा छ। निवेदनमा उल्लेख छ, “पार्टी स्वतन्त्र हुन सक्दैन, किनभने त्यसका निश्चित विचार, सिद्धान्त र नीतिहरू हुन्छन्। ‘स्वतन्त्र’ शब्दको प्रयोगले मतदातालाई भ्रममा पार्ने काम भएको छ।”

त्यसैगरी, चुनाव चिन्हको रूपमा प्रयोग भएको ‘घण्टी’को पनि सफलले विरोध जनाएका छन्। उनले घण्टी हिन्दू धर्ममा पूजा–आराधनाको प्रतीक भएकाले यसलाई राजनीतिक प्रयोजनमा प्रयोग गर्नु अनुचित भएको जिकिर गरेका छन्। सफलको भनाइमा, “धार्मिक आस्था र विश्वाससँग गाँसिएको प्रतीकलाई दलले चुनावी चिन्हको रूपमा प्रयोग गर्नु धर्मनिरपेक्षताको भावना विपरीत हो।”

गठबन्धनमा नजाने र स्वतन्त्र धारको रुपमा स्थापित हुँदै आएको रास्वपा अहिले संसदको चौथो ठूलो दलका रूपमा क्रियाशील छ। रवि लामिछानेको नेतृत्वमा स्थापना भएको यो पार्टी अल्प समयमै राष्ट्रिय तहमा प्रभावशाली शक्ति बनेको छ।

यो निवेदन निर्वाचन आयोगमा परेपछि यसको राजनीतिक र कानुनी असरबारे चासो बढेको छ। अब आयोगले यसमा के निर्णय लिन्छ भन्ने प्रतीक्षा गर्नुपर्नेछ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ११ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि