४ असार २०८३, बिहिबार । June 18, 2026

नेपाली कप्तान साम्बा वेलिङटन फोनिक्स क्लबमा अनुबन्ध


१ श्रावण २०८२, बिहिबार  

21
Shares

काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियरलाई नयाँ उचाइमा पुर्‍याउँदै अस्ट्रेलियाको प्रतिष्ठित निन्जा ए–लिग खेल्ने भएकी छिन्।

उनले न्युजिल्याण्डस्थित वेलिङटन फोनिक्स क्लबसँग दुई सिजनका लागि सम्झौता गरेकी हुन्। वेलिङटन फोनिक्स न्युजिल्याण्डको क्लब भए पनि अस्ट्रेलियाको निन्जा ए–लिगमा प्रतिस्पर्धा गर्दै आएको छ। क्लबले सावित्रालाई क्लब र देशका लागि एकजना उत्कृष्ट गोलकर्ताको रूपमा चिनाउँदै उनलाई अनुबन्ध गर्नु टोलीका लागि महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

सावित्राले हालै सम्पन्न एएफसी महिला एशियन कप छनोट अन्तर्गत दुई खेलमै ह्याट्रिकसहित ९ गोल गरेकी थिइन्। भारतको महिला सुपर लिगमा २४ खेलमा ६० भन्दा बढी गोल गरेपछि उनले फ्रान्सको एन अभेन्ट गुइनगाम्प क्लबमा आबद्ध हुँदै युरोपको शीर्ष लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास रचेकी थिइन्।

फोनिक्सका कार्यवाहक मुख्य प्रशिक्षक एमी शेफर्डले सावित्राको आगमनलाई क्लबको लागि उत्साहजनक क्षण भएको बताइन्। ‘हामी सावित्रालाई हाम्रो टोलीमा स्वागत गर्न पाउँदा गौरवको महसुस गरेका छौं,’ उनले भनिन्, ‘फ्रान्समा उनले देखाएको उत्कृष्ट प्रदर्शन, आक्रमण क्षमताका साथै अनुभव र नेतृत्व गुणले हाम्रो टोलीलाई अझ बलियो बनाउनेछ।’

सावित्रा स्वयं पनि क्लबमा आबद्ध हुन पाएकोमा खुशी व्यक्त गर्छिन्। ‘वेलिङटन फोनिक्समा आउन पाउँदा म अत्यन्त उत्साहित छु। म धेरै गोल गरेर समर्थकहरूलाई खुशी बनाउने लक्ष्य लिएको छु,’ उनले भनिन्, ‘जब मैले क्लबका लक्ष्य र योजनाबारे सुनेँ, निर्णय गर्न मलाई समय लागेन।’

आजै सावित्राले फ्रेन्च क्लब गुइनगाम्पसँग दुई वर्ष लामो सहयात्रा समाप्त भएको घोषणा गर्दै क्लबलाई धन्यवाद पनि दिएकी छन्।

अब सावित्राको नयाँ अध्याय अस्ट्रेलियाको ए–लिगमा सुरु हुँदैछ, जहाँ उनको प्रदर्शनले नेपाली फुटबललाई अझ अन्तर्राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ११ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा