२९ चैत्र २०८२, आइतबार । April 12, 2026

साफ यू-२० महिला च्याम्पियनसिप: दोस्रो पटक श्रीलंकासँग भिड्दै नेपाल


१ श्रावण २०८२, बिहिबार  

54
Shares

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपालले आज आफ्नो चौथो खेल श्रीलंकासँग खेल्दैछ।

डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल र श्रीलंकाबीच यो दोस्रो तथा लगातार दोस्रो खेल हुनेछ। मंगलबार सम्पन्न अघिल्लो खेलमा नेपालले श्रीलंकालाई एकतर्फी प्रदर्शन गर्दै ७–० को सानदार जित निकालेको थियो। आजको खेल बंगलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा हुनेछ, जसको सुरुवात दिउँसो २:४५ बजे (नेपाली समय) हुनेछ।

मैदानको परिवर्तनले तालिका प्रभावित

सुरुका खेलहरू बसुन्धरा किङ्स एरेनामा हुँदै आएका थिए। तर, मंगलबारको भारी वर्षाले मैदान क्षतिग्रस्त भएपछि बाँकी चार खेल—सातौं, आठौं, नवौं र दशौं—बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा सारिएको हो। मंगलबारको दिनमै नेपाल र श्रीलंकाबीचको खेल ढिलो गरेर नयाँ मैदानमा गरिएको थियो भने बंगलादेश र भुटानबीचको खेलको दोस्रो हाफ नै खेल्न नसकिएको थियो।

नेपालको प्रदर्शन सशक्त

नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ ले हराउँदै शानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग ३–२ को रोमाञ्चक हार बेहोरे पनि तेस्रो खेलमा श्रीलंकाविरुद्ध पुनः लयमा फर्किँदै एकतर्फी जित हात पारेको थियो।

अंकतालिका

  • बंगलादेश: ३ खेल, ९ अंक — शीर्षस्थान
  • नेपाल: ३ खेल, ६ अंक — दोस्रो स्थान
  • भुटान: ३ खेल, ३ अंक — तेस्रो स्थान
  • श्रीलंका: ३ खेल, ० अंक — पुछारमा

श्रीलंकाले प्रतियोगितामा आफ्नो पहिलो खेलमा बंगलादेशसँग ९–१ को ठूलो अन्तरले, दोस्रोमा भुटानसँग ५–० ले हार बेहोरेको थियो।

उपाधिको समीकरण

चार टोली सहभागी यस च्याम्पियनसिपमा डबल राउण्ड रोबिन फर्म्याट अनुसार प्रत्येक टोलीले सबैसँग दुईपटक खेल्नेछ। अन्ततः अधिकतम अंक जोड्ने टोलीले उपाधि हात पार्नेछ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व