४ असार २०८३, बिहिबार । June 18, 2026

आज साउने सक्रान्ति, परम्परागत ढंगले मनाईँदै


१ श्रावण २०८२, बिहिबार  

12
Shares

काठमाडौं । प्रत्येक वर्ष सौरमासअनुसार साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर परम्परागत ढंगले स्नान, दान र आफन्तसँगको भेटघाट गर्दै उल्लासपूर्वक मनाइँदैछ।

आजको दिन सूर्यले मिथुन राशिको भ्रमण पूरा गरी कर्कट राशिमा प्रवेश गर्छ, जसका साथै दक्षिणायनको आरम्भ हुन्छ। यिनै कारणले आजको दिनलाई वैदिक परम्परामा विशेष स्थान दिइएको छ। साउन १ को दिनले उत्तरायण (माघ १) र दक्षिणायन (साउन १) बीचको सौर चक्रमा महत्वपूर्ण मोड दिन्छ।

कृषि कर्मबाट विश्राम, शरीर र आत्मा दुवैको शुद्धि

असारभर रोपाइँ र हिलोमा व्यस्त रहने किसानहरूका लागि साउन १ विश्राम र भेटघाटको अवसर हो। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार असारमा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग हटाउन आजको दिनलाई “लुतो फाल्ने” पर्वका रूपमा पनि मनाइन्छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, परम्परामा कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता जडीबुटी संकलन गरी ‘कण्डारक’ नामक प्रतीकात्मक राक्षसको पूजा गरिन्छ। त्यसपछि अगुल्टो हानेर नकारात्मक ऊर्जा हटाउने चलन रहिआएको छ।

यस अवसरमा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्नेजस्ता परम्परागत विधि अपनाइन्छन् जसले सामूहिक संस्कार र आस्था झल्काउँछ।

साउन र शिवभक्ति

साउन महिनालाई विशेषगरी भगवान् शिवको आराधना गर्ने महिनाका रूपमा लिइन्छ। सोमबार व्रत बस्ने, शिवालयमा जल चढाउने परम्परा निकै प्रचलित छ। विशेषतः महिलाहरू हरियो चुरा, रातो–हरियो पहिरन र श्रृङ्गार गरेर प्रकृतिप्रति आस्था प्रकट गर्छन्।

हरियो र रातो रंग साउनको सांस्कृतिक पहिचान बनेको छ। बजारमा चुरा, हरियो कपडा, मेहन्दी आदिको बिक्री उल्लेखनीय रूपमा बढ्ने यो समय महिलाहरूबीच धार्मिक निष्ठा र सौन्दर्यप्रतिको चेतनाको अभिव्यक्ति पनि हो।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा