७ कार्तिक २०८३, शनिबार । October 24, 2026

किङ्स कलेजले साउन १० र ११ गते नेपाल आन्टरप्रेनरशिप फोरम आयोजना गर्ने


३२ असार २०८२, बुधबार  

9
Shares

काठमाडौं । उद्यमशीलता र व्यवसाय शिक्षामा अग्रणी किङ्स कलेजले आगामी साउन १० र ११ गते दोस्रो संस्करणको नेपाल आन्टरप्रेनरशिप फोरम आयोजना गर्ने भएको छ।

‘Towards Sustainable Entrepreneurship Ecosystem‘ भन्ने नाराका साथ आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित फिनल्याण्ड, जापान, भारत, बङ्गलादेश र कोसोभो लगायतका देशबाट २५ भन्दा बढी वक्ताहरू सहभागी हुनेछन्। कलेजका अनुसार यो दुई दिने कार्यक्रमले शिक्षाविद्, उद्यमी, नीतिनिर्माता, पेशाकर्मी र सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउनेछ।

सम्मेलनमा शैक्षिक अनुसन्धान र व्यावसायिक अभ्यासबीचको सम्बन्धलाई जोड्ने गरी विचार-विमर्श, शोधपत्र प्रस्तुतिकरण, नवप्रवर्तन प्रदर्शन र सञ्जाल निर्माणका सत्रहरू समावेश गरिनेछ। कार्यक्रम संयोजक तथा किङ्स कलेजका प्राध्यापक चित्तरञ्जन पाण्डेका अनुसार, यस्ता सम्मेलनहरूले नेपालमा नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै युवा पुस्तालाई चुनौतीहरूसँग जुझ्ने प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

साथै, सम्मेलनले दिगो आर्थिक विकास, बेरोजगारी न्यूनीकरण, र उद्यमशीलताको समृद्ध पारिस्थितिकी निर्माणमा पनि सहयोग पुर्‍याउने उनले बताए।

कलेजले जानकारी दिएको अनुसार सम्मेलनमा २०० भन्दा बढी सहभागी रहनेछन्, जसमा स्थानीय तथा अन्तर्राष्ट्रिय उद्यमी, अनुसन्धानकर्ता, विकास साझेदार, सरकारी प्रतिनिधि र विद्यार्थीहरू रहनेछन्।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि