२९ चैत्र २०८२, आइतबार । April 12, 2026

मनसुन सक्रिय हुँदै : मधेशमा वर्षाको आशा, ३६ जिल्लामा बाढीको जोखिम


३१ असार २०८२, मंगलबार  

60
Shares

काठमाडौं । पूर्वी नेपालमा मनसुनको न्यून चापीय रेखा सरेसँगै कोशीदेखि लुम्बिनी प्रदेशसम्मको भूभागमा अघिल्लो दिनको तुलनामा बढी वर्षा हुने सम्भावना देखिएको छ।

मौसमविद्हरूका अनुसार यसले लामो समयदेखि वर्षाविहीन रहँदै आएको मधेश प्रदेशमा पनि केही राहत दिलाउन सक्छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज राति मधेश प्रदेशको पूर्वी भागमा र भोलि राति पूरै मधेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

मनसुन सुरु भएता पनि लगातार खडेरीको चपेटामा परेको मधेश प्रदेशलाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। पानीको अभावले धेरै खेतमा रोपाइँ सुरु गर्न सकिएको छैन भने रोपिएको खेत पनि चिरा परेको अवस्था छ। यद्यपि आज र भोलिको सम्भावित वर्षाले केही राहत मिल्ने आशा गरिएको छ, तर वर्षाको मात्राबारे अहिले नै ठ्याक्कै भन्न नसकिने मौसमविद्हरू बताउँछन्।

यसैबीच, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही स्थानहरूमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

गएको राति ओखलढुंगाको मानेभञ्ज्याङ, सिन्धुलीको सिन्धुलीमाडी, पर्वतको पञ्चासे, अर्घाखाँची लगायतका क्षेत्रहरूमा उल्लेखनीय वर्षा मापन गरिएको छ।

काठमाडौंसहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम

मनसुनको प्रभाव बढ्दै गएसँगै बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशभर ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको चेतावनी जारी गरेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साना नदीहरूमा आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने बताइएको छ।

विशेष गरी ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लाहरूबाट बग्ने साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर र दार्चुला जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको बताइएको छ।

विभागले यी जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व