२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग भिड्दै


३१ असार २०८२, मंगलबार  

27
Shares

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ।

खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे बसुन्धरा किङ्स एरेनामा सुरु हुनेछ। नेपालले प्रतियोगितामा पहिलो खेलमा भुटानलाई ६–१ गोलअन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको थियो। तर दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। श्रीलंकाको प्रदर्शन भने हालसम्म कमजोर देखिएको छ।

उसले बंगलादेशसँग पहिलो खेलमा ९–१ को ठूलो अन्तरले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग पनि ५–० ले पराजित भएको थियो। नेपालका लागि बाँकी खेलहरू जितेर गोलअन्तरमा सुधार गर्न सके उपाधि जित्ने सम्भावना कायम छ। हालसम्म बंगलादेश दुई खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। नेपाल र भुटान दुवैको तीन–तीन अंक रहेकोमा गोलअन्तरका आधारमा नेपाल दोस्रो स्थानमा छ।

चार राष्ट्र सहभागी च्याम्पियनसिप डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइँदैछ। प्रतियोगिताको अन्त्यमा सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन घोषित हुनेछ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ