२८ पुस २०८२, सोमबार । January 12, 2026

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग भिड्दै



काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ।

खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे बसुन्धरा किङ्स एरेनामा सुरु हुनेछ। नेपालले प्रतियोगितामा पहिलो खेलमा भुटानलाई ६–१ गोलअन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको थियो। तर दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। श्रीलंकाको प्रदर्शन भने हालसम्म कमजोर देखिएको छ।

उसले बंगलादेशसँग पहिलो खेलमा ९–१ को ठूलो अन्तरले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग पनि ५–० ले पराजित भएको थियो। नेपालका लागि बाँकी खेलहरू जितेर गोलअन्तरमा सुधार गर्न सके उपाधि जित्ने सम्भावना कायम छ। हालसम्म बंगलादेश दुई खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। नेपाल र भुटान दुवैको तीन–तीन अंक रहेकोमा गोलअन्तरका आधारमा नेपाल दोस्रो स्थानमा छ।

चार राष्ट्र सहभागी च्याम्पियनसिप डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइँदैछ। प्रतियोगिताको अन्त्यमा सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन घोषित हुनेछ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले