२८ पुस २०८२, सोमबार । January 12, 2026

आजको मौसमः यी प्रदेशमा भारी बर्षाको सम्भावना



काठमाडौं । देशभर हाल मनसुनी वायुले प्रभाव जमाइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानको आसपास र पूर्वतर्फ औसतभन्दा अलिकति उत्तरतिर रहेको छ, जसले देशभर मौसमी प्रभाव पुर्‍याइरहेको छ। आज दिउँसो देशभर आकाश आंशिकदेखि पूर्ण रूपले बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागहरूमा कतै कतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तीमध्ये केही स्थानमा भने भारी वर्षा पनि हुन सक्ने महाशाखाको अनुमान छ। यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही भागहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

रातिको समय देशभर सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। तीमध्ये कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

त्यस्तै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही भागहरूमा हुरीबतास चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले