२९ चैत्र २०८२, आइतबार । April 12, 2026

यू-२० महिला च्याम्पियनसिप: बंगलादेशसँगको रोमाञ्चक खेलमा नेपाल ३–२ ले पराजित


३० असार २०८२, सोमबार  

54
Shares

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धात्मक तर दुर्भाग्यपूर्ण हार व्यहोरेको छ।

ढाकास्थित बसुन्धरा किङ्स एरेनामा सम्पन्न खेलमा नेपाल ३–२ ले पराजित भयो। पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याए पनि अन्तिम क्षणमा गोल खान पुग्दा जित गुमाउनु परेको हो। बंगलादेशका लागि सिन्हा शिखा, सागोरिका र श्रीमोती सरकारले १–१ गोल गरिन्।

नेपालका तर्फबाट अनिशा राई र मीना देउवाले समान १–१ गोल गरे। खेलको १४औं मिनेटमा सिन्हा शिखाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। त्यसपछि ३६औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन्। दोस्रो हाफको ५६औं मिनेटमा झडपको दृश्य देखियो, जहाँ नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी फरवार्ड सागोरिका हात हालाहालमा उत्रिएपछि दुवैले रातो कार्ड पाए। त्यसपछि दुबै टोली १० खेलाडीमा सिमित भए।

नेपालका लागि खेलमा फर्किने ढोका खोलिन् अनिशा राईले, जसले ७७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरिन्। त्यसपछि ८६औं मिनेटमा मीना देउवाले गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याइन्।

तर जब खेल बराबरीमा जाँदै थियो, इन्जुरी समयको अन्तिम मुभमा श्रीमोती सरकारले निर्णायक गोल गर्दै बंगलादेशलाई ३–२ को जित दिलाइन्। उक्त गोललगत्तै रेफ्रीले अन्तिम सिटी बजाएका थिए। नेपालले पहिलो हाफमा उल्लेखनीय अवसरहरू सिर्जना गर्न नसकेको भए पनि दोस्रो हाफमा आक्रामक खेल्दै बंगलादेशलाई दबाबमा राख्न सफल भएको थियो।

पहिलो खेलमा नेपालले भुटानमाथि ६–१ को फराकिलो जित निकालेको थियो भने बंगलादेशले श्रीलंकालाई ९–१ ले हराएको थियो। यस हारपछि नेपालको फाइनल प्रवेश सम्भावना कठिन भए पनि बाँकी खेलहरूमा राम्रो प्रदर्शन गर्दै पुनः आशा जगाउन सक्छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व