१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एनपीएल सिजन २ को तयारी तिव्र, अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला


२९ असार २०८२, आइतबार  

30
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन अघि दर्ता प्रक्रिया सुरु गरिएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने नेपाली खेलाडीले अनिवार्य रूपमा अनलाइनमार्फत आफ्नो नाम दर्ता गर्नुपर्नेछ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा फ्रेन्चाइज टिमबाट रिलिज भएका खेलाडीहरूसँगै नयाँ रूपमा अक्सनमा भाग लिन चाहने सबै नेपाली खेलाडीका लागि दर्ता खुला गरिएको जानकारी दिएको छ।

खेलाडीले अक्सनमा भाग लिन ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमध्ये कुनै एक रोज्न सक्नेछन्। दर्ता शुल्क प्रति खेलाडी रु. १,००० तोकिएको छ। दर्ता गर्न चाहने खेलाडीले आयोजकले प्रदान गरेको अनलाइन लिंकमार्फत सिधै फाराम भरि नाम पठाउन सक्नेछन्। दर्ताको अन्तिम म्याद साउन ६ गते (२२ जुलाई २०२५) सम्म निर्धारण गरिएको छ।

एनपीएलको दोस्रो संस्करण आगामी अगस्ट महिनामा मिनी अक्सनमार्फत सुरु हुने तय भइसकेको छ। आठवटै फ्रेन्चाइज टोलीले आफ्नो रिटेन्सन सूची सार्वजनिक गरिसकेका छन्।

अब अघिल्लो संस्करणमा रिलिज भएका र नयाँ दर्ता भएकामध्ये छानिएका खेलाडीहरूमाथि अक्सनमा बोली लाग्नेछ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ