३१ आश्विन २०८३, शनिबार । October 17, 2026

एनपीएल सिजन २ को तयारी तिव्र, अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला


२९ असार २०८२, आइतबार  

30
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन अघि दर्ता प्रक्रिया सुरु गरिएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने नेपाली खेलाडीले अनिवार्य रूपमा अनलाइनमार्फत आफ्नो नाम दर्ता गर्नुपर्नेछ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा फ्रेन्चाइज टिमबाट रिलिज भएका खेलाडीहरूसँगै नयाँ रूपमा अक्सनमा भाग लिन चाहने सबै नेपाली खेलाडीका लागि दर्ता खुला गरिएको जानकारी दिएको छ।

खेलाडीले अक्सनमा भाग लिन ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमध्ये कुनै एक रोज्न सक्नेछन्। दर्ता शुल्क प्रति खेलाडी रु. १,००० तोकिएको छ। दर्ता गर्न चाहने खेलाडीले आयोजकले प्रदान गरेको अनलाइन लिंकमार्फत सिधै फाराम भरि नाम पठाउन सक्नेछन्। दर्ताको अन्तिम म्याद साउन ६ गते (२२ जुलाई २०२५) सम्म निर्धारण गरिएको छ।

एनपीएलको दोस्रो संस्करण आगामी अगस्ट महिनामा मिनी अक्सनमार्फत सुरु हुने तय भइसकेको छ। आठवटै फ्रेन्चाइज टोलीले आफ्नो रिटेन्सन सूची सार्वजनिक गरिसकेका छन्।

अब अघिल्लो संस्करणमा रिलिज भएका र नयाँ दर्ता भएकामध्ये छानिएका खेलाडीहरूमाथि अक्सनमा बोली लाग्नेछ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि