१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै


२९ असार २०८२, आइतबार  

42
Shares

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा साविक विजेता बंगलादेशको सामना गर्दैछ।

खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ ६:४५ बजे (पौने ७ बजे) सुरु हुने कार्यक्रम छ। नेपालले प्रतियोगिताको पहिलो खेलमा भुटानलाई प्रभावशाली प्रदर्शन गर्दै ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै बंगलादेशले श्रीलंकामाथि ९–१ को विजय निकाल्दै आक्रामक सुरुआत गरेको छ।

यो खेल नेपालका लागि विशेष महत्वको छ, किनभने दुई वर्षअघि यही प्रतियोगिताको फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। यसपटक नेपालले पुरानो हारको बदला लिँदै उपाधि दाबेदारी बलियो बनाउने लक्ष्य लिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले प्रतियोगिताअघि आयोजित पत्रकार सम्मेलनमा नेपाल उपाधिका लागि मैदान उत्रिने बताए।

उनले विगतको फाइनल हार सम्झिँदै यसपटक बंगलादेशलाई हराउने सुनौलो मौका रहेको उल्लेख गरे। हालसम्म नेपाल र बंगलादेशले समान ३ अंक जोडेका छन्, तर गोलअन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा छ। प्रतियोगिता डबल राउण्ड रोबिन फर्म्याटमा सञ्चालन भइरहेको छ, जसमा चार टोली सहभागी छन्।

अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीले उपाधि जित्नेछ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली