३ आश्विन २०८३, शनिबार । September 19, 2026

देशभर मनसुन सक्रिय : केही ठाउँमा भारी वर्षाको सम्भावना


२९ असार २०८२, आइतबार  

39
Shares

काठमाडौं । देशभर हाल मनसुनी प्रणाली सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी पूर्वी भागमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास तथा पश्चिमी भागमा त्यसको केही उत्तरतिर फैलिएको छ । आज दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ । आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य केही भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्‌हरूको भनाइ छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागहरूमा वर्षासँगै हिमपातको जोखिम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ