२८ पुस २०८२, सोमबार । January 12, 2026

देशभर मनसुन सक्रिय : केही ठाउँमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशभर हाल मनसुनी प्रणाली सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी पूर्वी भागमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास तथा पश्चिमी भागमा त्यसको केही उत्तरतिर फैलिएको छ । आज दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ । आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य केही भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्‌हरूको भनाइ छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागहरूमा वर्षासँगै हिमपातको जोखिम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले